४४ उपसचिवको सरुवा, विभिन्न जिल्लाका सिडिओ पनि फेरिए (सूची)
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले मङ्गलवार गरेको सरुवामा विभिन्न जिल्ला तथा सरकारी कार्यालयका प्रमुखसमेत फेरिएका छन्।
सरुवाअनुसार डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
यसैगरी बाजुराका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलालाई जिल्ला समन्वय समिति धनकुटामा सरुवा गरिएको छ।
यस्तै, नक्खु कारागारका जेलर दीर्घराज उपाध्यायलाई जिल्ला समन्वय समिति कार्यालय कैलालीमा सरुवा गरिएको छ।
गृह मन्त्रालयमा सरुवा हुने उपसचिवमा गंगाधर पौडेल, हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी रावल, विष्णुराज बेल्वासे र सूर्यप्रसाद चापागाईं रहेका छन्।
मन्त्रालयले गरेको सरुवाबाट विभिन्न जिल्लाका प्रशासनिक तथा अन्य सरकारी कार्यालयमा कार्यरत उपसचिवहरूको जिम्मेवारीसमेत हेरफेर भएको छ।
हेर्नूहोस् सरुवा सूचीः
.gif)

.png)


