बाढीपहिरोले तीन जिल्लाका सडक अवरुद्ध, स्याफ्रुबेंसीसम्म वैकल्पिक बाटो


२०८३ असोज २१ बुधबार ०८:१७ बजे
फाइल फोटो

काठमाडौं : बाढीपहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका विभिन्न सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

सडक अवरुद्ध हुँदा ती जिल्लाका विभिन्न क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ।

रसुवा र नुवाकोट जोड्ने पासाङ ल्हामु राजमार्ग गत भदौ १० गते आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

त्रिशूली बजार र बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग बाढीले कटान गरेपछि सडक सञ्चालनमा आउन सकेको छैन।

यद्यपि, स्याफ्रुबेंसीसम्म पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किलो–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसीसम्म पुग्ने एक लेनको कच्ची सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ।

त्यस्तै, मनाङको बेंसीसहर–खाङसार सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ।

असोज ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बेंसीसहर हुँदै खाङसार जाने सडक अवरुद्ध भएको हो।

म्याग्दीको बेनी–जोमसोम सडक खण्ड पनि पहिरोका कारण बन्द रहेको छ।

असोज १० गते बिहान रघुगंगा गाउँपालिका–२, बैसरीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको सम्बन्धित निकायले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७