गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो


२०८३ असोज ३० शुक्रबार ०७:४५ बजे
फाइल फोटो

काठमाडौं : बाढीपहिरोका कारण गण्डकी प्रदेशका म्याग्दी र गोरखाका दुई प्रमुख सडकखण्ड प्रभावित भएका छन्। 

म्याग्दीको बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा आए पनि गोरखाको आरुघाट क्षेत्रमा बाढीले सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा गत असोज १० गते पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो।

पहिरो हटाएपछि अहिले उक्त सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

यता, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा असोज २५ गते आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीका कारण स्थानीय यातायातसँगै अन्तरजिल्ला आवागमनमा समेत समस्या भएको छ।

गोरखाको सोतीमा रहेको फलामे पुल बाढीले प्रभावित भएपछि आरुघाटबाट धादिङ जोड्ने मुख्य सडकमार्गसमेत अवरुद्ध भएको छ।

यसले उक्त क्षेत्रका स्थानीय बासिन्दाको आवतजावतमा कठिनाइ उत्पन्न गरेको छ।

हेर्नूहोस् विवरणः

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७