घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सोमबार बिहान लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरो सडकमा थुप्रिएपछि दुवैतर्फको यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सडक अवरुद्ध हुँदा पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
पहिरो खसेर सडक अवरुद्ध भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन गरिएको छ। प्रहरीले सडकको अवस्थाबारे आवश्यक निरीक्षणसमेत गरिरहेको जनाएको छ।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
वर्षाका कारण राजमार्गको उक्त क्षेत्रमा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले सडक खुलाउने क्रममा सावधानी अपनाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)


