कांग्रेसले बोलायो प्रतिपक्षी दलको बैठक
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानका विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको आङ्देम्बेको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन भएको विषयमा छलफल हुनेछ ।
त्यस्तै, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ ।
.gif)

.png)




