कांग्रेसका ४ केन्द्रीय सदस्यले लिन पाएनन् शपथ
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोकेको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूले शपथ तत्कालका लिन नपाएका हुन्।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण गरेका छन्। तर, अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन नपाएका हुन्।
विनीता खड्का केन्द्रीय सदस्यमा विजयी भए पनि निर्वाचन समितिले उनलाई निर्वाचित भएको औपचारिक घोषणा गरेको छैन।
अदालतमा मुद्दा विचाराधीन रहेकाले चारै जनाको शपथ तत्कालका लागि स्थगन गरिएको कांग्रेसका एक पदाधिकारीले बताए। ‘उहाँहरूको अदालतमा मुद्दा रहेकाले अहिलेलाई रोक्ने भन्ने कुरा भएको छ। अदालतबाट सफाइ पाएपछि उहाँहरूले जिम्मेवारी पाइहाल्नुहुन्छ,’ ती पदाधिकारीले भने।
.gif)

.png)



