नेप्से ३ महिनायताकै उच्च विन्दुमा
कारोबार ८ अर्ब ५५ करोड
काठमाडौं : शेयर बजार परिसूचक नेप्से बिहीबार ३१.५४ अंकले बढेर २६९५ अंकमा पुगेको छ। यो विन्दु साउन १२ गतेयताकै उच्च हो।
बजारमा कारोबार रकमसमेत बढेको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।
यो रकम वैशाख ३ गतेयताकै उच्च हो। त्यस दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।
बिहीबार कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको मूल्यमा परिवर्तन भएन।
सबै समूहगत सूचक सकारात्मक रहे। बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक १.५५ प्रतिशत, वित्त १.६९ प्रतिशत र होटल तथा पर्यटन समूह २.०५ प्रतिशत बढे।
जलविद्युत् समूह ०.३६ प्रतिशत, लगानी ०.२४ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत, लघुवित्त ०.५४ प्रतिशत र निर्जीवन बीमा समूह ०.१३ प्रतिशत बढे।
अन्य समूह २.४५ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशत उकालो लागे।
बिहीबार बेनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ।
सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमाको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशत मूल्य बढेको छ।
नेप्से परिसूचक र कारोबार रकम दुवैमा आएको वृद्धिले बिहीबारको बजारमा खरिद चाप बढेको देखिएको छ।
.gif)

.png)



