प्रधानन्यायाधीश शर्माको दाबी : इनम सापकोटासँग चिनजानै छैन
काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगमा आफ्नो नाम उल्लेख गरिएको विषयमा स्पष्टीकरण दिएका छन्। उनले सापकोटासँग आफ्नो कुनै चिनजान, सम्पर्क वा भेटघाट नरहेको दाबी गरेका छन्।
आफ्नो नाम जोडेर समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माले विज्ञप्ति जारी गर्दै सम्बन्धित व्यक्ति र प्रसंगसँग आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन्।
‘जुन प्रसंग जोडेर मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन,’ विज्ञप्तिमा भनिएको छ।
उनले सम्बन्धित व्यक्तिलाई आफूले कहिल्यै नभेटेको पनि उल्लेख गरेका छन्।
प्रधानन्यायाधीश शर्माको यो भनाइ इनम सापकोटासँग जोडिएका प्रसंगमा आफ्नो नाम मुछिएको विषयमा आएको हो। उनले विज्ञप्तिमार्फत ती प्रसंगसँग आफ्नो सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
हेर्नूहोस् विज्ञप्तिः

.gif)

.png)




