नेउपाने बेपत्ता आयोगको सचिव र चौहान महान्यायाधिवक्ता कार्यालयमा
काठमाडौं : न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई अधिकृतलाई राजपत्राङ्कित विशिष्ट श्रेणीका पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ।
आयोगको मंगलबारको निर्णयअनुसार सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेलाई सचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको हो।
महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा सहन्यायाधिवक्ताका रूपमा कार्यरत नेउपाने हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत छन्।
आयोगले उनलाई सोही आयोगको सचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरेको जनाएको छ।
त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव ध्रुबकुमार चौहानलाई नायब महान्यायाधिवक्तामा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ।
चौहानलाई महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा नायब महान्यायाधिवक्ताका रूपमा नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरिएको आयोगले जनाएको छ।
.gif)

.png)


