नाइजेरियामा वायुसेनाको विमान दुर्घटनामा २५ जनाको मृत्यु


२०८३ असोज २१ बुधबार ०८:३९ बजे

काठमाडौं : नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा वायुसेनाको विमान दुर्घटना हुँदा त्यसमा सवार २५ जनाको मृत्यु भएको छ।

एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य सवार रहेको नाइजेरियाली वायुसेनाले जनाएको छ। विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा रहेको थियो।

उडान भरेको केही समयपछि विमान राडारको सम्पर्कबाट बाहिरिएको थियो। खोजीका क्रममा विमानको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिक फेला परेको अधिकारीहरूले बताएका छन्।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको वायुसेनाले जनाएको छ।

यसअघि नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले विमानमा ३२ जना सवार रहेको बताएका थिए। तर, पछि वायुसेनाले यात्रु र चालक दलका सदस्य गरी २५ जना मात्रै विमानमा रहेको स्पष्ट पारेको हो।

विमान दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गर्न नाइजेरियाली वायुसेनाले निर्देशन दिएको छ। दुर्घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७