कुशलको अर्धशतक, सन्दीपको घातक बलिङमा नेपालको पहिलो जित


२०८३ मङ्सिर ६ आइतबार १७:१४ बजे

काठमाडौं : कुशल भुर्तेलको अर्धशतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले ५६ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन जोडे ।

यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० र हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह अयोबीले १२ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन खर्चेर ३ मेडनसहित ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट हात पारे । नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट लिए ।

नेपालले पहिलो खेलमा भारत ‘ए’सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको हार बेहोरेको थियो । नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७