नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्छ : लिङ्देन


२०८३ मङ्सिर ६ आइतबार १७:५२ बजे
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म र राजनीतिलाई एकअर्काबाट अलग गरेर हेर्न नहुने बताएका छन् । 

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरूले विदेशीको चाहना, दबाब वा प्रलोभनमा परेर नेपाललाई धर्मनिरपेक्ष बनाएको टिप्पणी गरे ।

‘दलहरूले त विदेशीहरूको चाहना, दबाब, प्रलोभनमा वा आफ्नै कुबुद्धिले कुनै कुराको सिकार भएर देशलाई धर्मनिरपेक्ष बनाए होलान्’, उनले भने ‘उनीहरू फसे, बेइमान भए होलान् । तर जनतालाई त मौका थियो नि ।’

त्यसपछि पटकपटक निर्वाचन भए पनि जनताले धर्मनिरपेक्षताको निर्णय उल्ट्याउने अवसर उपयोग नगरेको उनको भनाइ थियो । संविधानसभाले नेपाललाई धर्मनिरपेक्ष बनाउने निर्णय नगरेर त्यसलाई अनुमोदन मात्रै गरेको पनि उनले दाबी गरे ।

लिङ्देनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याए । राजनीतिमा धर्मको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले धर्म र राजनीतिलाई अलग गर्दा राजनीति गलत दिशातर्फ जान सक्ने धारणा राखे ।

धर्म र राजनीति एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले दुवैलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । नेपालको धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचान, परम्परा र सभ्यताको संरक्षणका लागि सनातन हिन्दुराष्ट्र आवश्यक रहेको उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७