कारबाहीमा परे राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा
बागमतीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि थापामाथि कारबाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ। राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसद पदबाट हटाउने र पार्टी सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो। बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णयविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै उनीमाथि कारबाही गरिएको जनाइएको छ।
थापाले पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले यसअघि पनि उनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको थियो। थापामाथि कारबाही गर्ने निर्णयप्रति राप्रपाका नेता कमल थापाले भने ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उनी उद्धव थापालाई कारबाही गर्न नहुने पक्षमा उभिएको बताइएको छ। कारबाहीको विषयलाई लिएर सचिवालय बैठकमा नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ।
बागमती प्रदेश सरकार गठनका क्रममा राप्रपाले आफ्ना प्रदेशसभा सदस्यलाई पार्टीको निर्णय र निर्देशनविपरीत कुनै पनि दललाई समर्थन नगर्न निर्देशन दिएको थियो। सोही निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयलाई लिएर उद्धव थापामाथि अनुशासनको कारबाही गरिएको हो।
.gif)

.png)

