चार सीडीओसहित आठ उच्च अधिकारीको सरुवा


२०८३ असोज १३ मंगलबार २०:५० बजे
फाइल फोटो

काठमाडौं : गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवसहित आठ उच्च अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ। 

मन्त्रालयको असोज १२ गतेको निर्णयअनुसार उनीहरूको जिम्मेवारी हेरफेर गरेको हो। जसअनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवर गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएकी छन्। 

प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँलाई सिरहाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

त्यस्तै, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी तथा तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। 

यसैगरी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। 

उपसचिवतर्फ डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरेको छ भने गृह मन्त्रालय वा अन्तर्गत कार्यरत भक्तिराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। 

हेर्नुहोस् सरुवा सूची :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७