वित्तीय लगानी न्यूनीकरणमा सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ : गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्ताव सूचीकरणका मापदण्डमा पर्न सक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त भएमा त्यसको जानकारी गोप्य रूपमा उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ।
यस्तै, कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो कार्यसम्पादनका क्रममा अनाधिकृत गतिविधि गरेको पाइएमा त्यसबारे जानकारी दिन पनि मन्त्रालयले आग्रह गरेको छ।
त्यस्ता सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा उपलब्ध गराउन भनिएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ बमोजिम मन्त्रालयले उक्त आग्रह गरेको हो।
.gif)

.png)

