१४ सहसचिवको सरुवा, अधिकारी र सापकोटा गृहमा
गृहका तीन सहसचिव अतिरिक्त समूहमा
काठमाडौं : सरकारले १४ जना सहसचिवको सरुवा गरेको छ। गत भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सहसचिवहरूको सरुवा गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
सरुवासँगै गृह मन्त्रालयमा जिम्मेवारी नपाएका तीन सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। डा. पुष्पराज शाही, चिरञ्जीवी पौडेल र भूपेन्द्र थापालाई अतिरिक्त समूहमा पठाइएको हो। यी तीनै जना करिब दुई महिनाअघि गृह मन्त्रालयमा सरुवा भएका थिए। तर, लामो समयसम्म जिम्मेवारी नपाएपछि उनीहरूलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको हो।
यसैगरी, सामान्य प्रशासन मन्त्रालयका सहसचिव एकदेव अधिकारी र उद्योग मन्त्रालयका सहसचिव मोतीराम सापकोटालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार १४ सहसचिवको सरुवा सूची सार्वजनिक गरेको छ।
विवरणः

.gif)

.png)

