भोटेकोशी बाढीको असर कायमै, पृथ्वीसहित विभिन्न राजमार्गमा यातायात प्रभावित
काठमाडौं : वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने कतिपय स्थानमा एकतर्फी तथा समय मिलाएर सवारी सञ्चालन भइरहेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्ड प्रभावित छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरोका कारण अझै पूर्ण रूपमा आवागमन बन्द रहेको प्रहरीले जनाएको छ।
यस्तै, बेनीघाट रोराङ गाउँपालिका–१० का ज्वाङखोला, शीतलबजार र तुइनखोला क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। यसैगरी, बीपी राजमार्गको खुर्कोट–नेपालथोक सडकखण्डमा पनि समय मिलाएर सवारी सञ्चालन गरिएको छ। प्रहरीले जनाएअनुसार उक्त खण्डमा रातको समयमा मालवाहक तथा दिनमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
उता, पहिरोका कारण हुम्लामा कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण थप पहिरो र सडक कटानको जोखिम रहेकाले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
विस्तृत विवरणः

.gif)

.png)

