घाँगी भीरमा ६ महिनादेखि रहस्यमय धुवाँ, स्थानीय त्रासमा (१० तस्बिर)

कारण पत्ता लगाउन प्राविधिक अध्ययनको माग


२०८३ भदौ ३१ बुधबार ०८:११ बजे
तस्बिरहरू : राजु सुबेदी ‘कल्पित’/नेपाल फोटो सर्भिस (NPS)

नवलपरासी (पूर्व) : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरमा करिब ६ महिनादेखि जमिनमुनिबाट निरन्तर धुवाँ निस्किएपछि स्थानीयवासी चिन्तित बनेका छन्।
पहिरो गएको क्षेत्रमा जमिनमुनिबाट धुवाँ निस्किरहेको स्थानीयले बताएका छन्। धुवाँ निस्कने स्थानमा घाँस तथा दाउरा राख्दा आफैँ आगो बल्ने गरेको उनीहरूको भनाइ छ। घाँगी भीर नजिकै रहेका पेलेगा र भडारी गाउँका बासिन्दाले लामो समयदेखि धुवाँ निस्किए पनि यसको कारणबारे यकिन हुन नसकेको बताएका छन्। 
घटनास्थल आसपास फलाम खानीसमेत रहेकाले जमिनमुनि भइरहेको गतिविधिबारे थप चासो बढेको छ। स्थानीयले धुवाँ निस्कनुको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले प्राविधिक अध्ययन तथा अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

हेर्नूहोस् थप तस्बिरहरूः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७