आमालाई ६ महिना तलबी सुत्केरी बिदा, बाबुलाई ४२ दिन

कानून संशोधनको तयारीमा सरकार


२०८३ भदौ ३१ बुधबार १२:२४ बजे
फाइल फोटो

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आमालाई ६ महिनाको तलबी सुत्केरी बिदा र बाबुलाई ४२ दिनसम्मको सुत्केरी स्याहार बिदा दिने गरी कानून संशोधनको तयारी भइरहेको बताएकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको मस्यौदा तयार भइसकेको बताएकी हुन्। प्रस्तावित संशोधनअनुसार सुत्केरी आमाले ६ महिनासम्म तलबी बिदा र बाबुले ४२ दिनसम्म सुत्केरी स्याहार बिदा पाउने व्यवस्था गर्न लागिएको उनले जानकारी दिइन्।
उनका अनुसार ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ। अब मन्त्रिपरिषद्मार्फत संसदमा विधेयक दर्ता गर्ने तयारी छ। हाल सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सुत्केरी महिलाले सुत्केरीअघि र पछिको गरी ९८ दिनसम्म बिदा पाउने व्यवस्था छ। त्यस्तै, सुत्केरी स्याहारका लागि बाबुले १५ दिनसम्म बिदा पाउने व्यवस्था रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७