सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढ्यो

तोलाको ३ लाख १ हजार ८ सय


२०८३ भदौ ३१ बुधबार १३:०८ बजे
फाइल फोटो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
मंगलबार छापावाला सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। 
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७