नक्कली सुन दिएर १ करोड ३९ लाख ठगी गर्ने बलात्कार मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए


२०८३ भदौ २८ आइतबार १४:३१ बजे

काठमाडौं : नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर छन्। उनलाई प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार थापा मगरबाट ८६५ ग्राम नक्कली सुन बरामद भएको छ। उनले उक्त नक्कली सुनलाई सक्कली भन्दै १ करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेका थापा मगरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी यसअघि बलात्कार कसुरमा कारागार चलान भएका व्यक्ति हुन्। जेनजी आन्दोलनका क्रममा उनी नख्खु कारागारबाट फरार भएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७