एसपीलाई धम्की दिने नेकपा नेता अशोक यादव दुई वर्षपछि पक्राउ


२०८३ भदौ २३ मंगलबार १७:४८ बजे
फाइल फोटो

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अशोक यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई धम्की तथा गालीगलौज गरेको आरोपमा यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएपछि यादव फरार रहँदै आएका थिए। प्रहरीले सोही मुद्दाको अनुसन्धानका क्रममा उनलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। यादवलाई पक्राउ गरेपछि घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७