एनआईएमबीका अध्यक्ष ४० लाख धरौटीमा रिहा
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामीसम्बन्धी मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
न्यायाधीश नवराज दुलालको इजलासले बहसपछि उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि पाँडे सोमबार नै रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा साउन २७ गते पाँडेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।
.gif)

.png)

