कांग्रेसको १५औँ महाधिवेशनको स्थल तय
असोज १५ देखि राष्ट्रियसभा गृहमा
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रियसभा गृहमा हुने भएको छ। पार्टीले महाधिवेशनका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहलाई स्थलका रूपमा तय गरेको हो। महाधिवेशनका लागि असोज १५ देखि २० गतेसम्म राष्ट्रियसभा गृह उपलब्ध गराइदिन कांग्रेसका मुख्यसचिव कावा कृष्णप्रसाद दुलालले सम्बन्धित निकायलाई पत्राचार गरेका छन्।
कांग्रेसको हिजो बसेको केन्द्रीय समिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिकामा हेरफेर गर्ने निर्णय गरे पनि पार्टीको १५औँ महाधिवेशन भने पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको थियो। सोहीअनुसार महाधिवेशनको तयारी अघि बढाउँदै पार्टीले स्थल व्यवस्थापनको कामसमेत अघि बढाएको हो।
.gif)

.png)

