चीनले पठायो उद्धारका लागि होभरक्राफ्ट, पम्प र सौर्य बत्ती


२०८३ भदौ २३ मंगलबार १७:२२ बजे

काठमाडौं : चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ। बाढी तथा अन्य विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई सहज बनाउने उद्देश्यले चीनले विभिन्न उपकरणसहित राहत सामग्री पठाएको हो। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

काठमाडौंमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।चीनबाट आएको यस खेपमा उद्धारमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती लगायतका सामग्री छन्।

नेपालमा पछिल्लो समय देखिएको विपद्को अवस्थालाई ध्यानमा राख्दै तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकताका आधारमा छनोट गरेर पठाइएको चीनले जनाएको छ। चीनले यसअघि पनि नेपालमा विपद्का बेला खोज तथा उद्धार तथा प्रभावितको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न चरणमा आपत्कालीन राहत सामग्री उपलब्ध गराउँदै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७