ठमेलबाट १० बंगलादेशी पक्राउ, अध्यागमन बुझाइयो
काठमाडौं : काठमाडौंको ठमेल क्षेत्रबाट प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ स्थित ठमेलका विभिन्न होटल तथा गेस्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार ठमेलका विभिन्न होटलमा गरिएको जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले पक्राउ परेका बंगलादेशी नागरिकलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायत स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा ६४ वर्षीय मोहम्मद हनिफ मियाँ, ५० वर्षीय एमडी खलिलुर रहमान, ४९ वर्षीय रेपोन मेहमूद, ४८ वर्षीय महामुद, ४६ वर्षीय फहिमा अक्तार हसन, ४५ वर्षीय महबूब हसन, ४२ वर्षीय एमडी मारुफ मृधा, ३० वर्षीय एमडी केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान र २८ वर्षीय आरिफुर रहमान छन्। प्रहरीका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
.gif)

.png)

