च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ


२०८३ भदौ २३ मंगलबार ०७:३४ बजे

काठमाडौं : ललितपुरको च्यासलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार दिउँसो ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुल बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट ५८ बक्समा रहेका १ हजार ७४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ। लागूऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा स्कुटरसमेत नियन्त्रणमा लिइएको छ। 

सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको सम्बन्ध, लागूऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। बरामद लागूऔषध तथा पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७