जेनजी आन्दोलनका क्रममा भागेका हाडनाता बलात्कार मुद्दामा १४ वर्ष सजाय पाएका कैदी पक्राउ
पोखरा : हाडनाता जबरजस्ती बलात्कार मुद्दामा १४ वर्ष कैद सजाय पाएका फरार कैदी हर्कबहादुर गुरुङ पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका–३० का ३४ वर्षीय गुरुङ गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार भएका थिए। त्यतिबेला उनले ११ वर्ष ९ महिना २६ दिन कैद भुक्तान गर्न बाँकी थियो।
फरार भएपछि कास्कीका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा खटिएको प्रहरी टोलीले सोमबार रुपा गाउँपालिका–७ धारापानीबाट पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)

