कलंकीबाट ब्राउनसुगरसहित एक जना पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका–१४ कलंकीबाट ब्राउनसुगरजस्तो देखिने अवैध लागूऔषध करिब ६ ग्राम ८९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलंकी बस्ने ४२ वर्षीय प्रविन केसी रहेका छन्।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बिहीबार बिहान उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
.gif)

.png)

