जनतालाई आवश्यकताअनुसार ग्यास दिनैपर्छ : नवनियुक्त मन्त्री साह


२०८३ भदौ २५ बिहीबार १९:४७ बजे
तस्बिर : नेपाल फोटो सर्भिस

काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साहले ग्यास आपूर्तिको विषयमा छलफल गरेर आवश्यकताअनुसार जनतालाई ग्यास उपलब्ध गराउने बताएका छन्। 'ग्यासको विषयमा छलफल गर्छौं। जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ', उनले भने। 

मन्त्री साहले मन्त्रालयमा विगतमा भएका कामकारबाहीबारे बुझेर मात्रै आफू अघि बढ्ने बताए। 'विगतमा के–के भयो भन्ने विषयमा बुझेर अगाडि बढ्दा राम्रो होला जस्तो लाग्छ', उनले भने। मन्त्री साहले नेपाली जनताप्रति आफू नतमस्तक रहेको बताउँदै पार्टी सभापति र प्रधानमन्त्रीलाई धन्यवाद दिए। ‘राष्ट्र पहिलो’ भन्ने नारासहित आफूहरूले काम गर्ने उनको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७