‘मौलशोभा राई आमा सम्मान-२०८३’ हर्क साम्पाङ राईकी आमा जसमायालाई प्रदान गरिने
काठमाडौं । ‘मौलशोभा राई आमा सम्मान-२०८३’ श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ संसद हर्क साम्पाङ राईकी आमा जसमाया राईलाई प्रदान गरिने भएको छ।
सम्मान समर्पणका लागि गठित संयोजक समितिको सार्वजनिक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कुनै पनि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई जन्म दिने आमालाई प्रत्येक दुई वर्षमा समर्पण गरिँदै आएको यो सम्मानका लागि जसमाया राईलाई सम्मान गर्ने घोषणा गत वर्ष नै गरिएको थियो।
हर्क साम्पाङ राईको श्रम अभियान र सामाजिक योगदानको कदर गर्दै उहाँलाई जन्म दिने आमा जसमाया राईलाई यस वर्षको सम्मान समर्पण गर्न लागिएको आयोजकले जनाएको छ। सम्मानको राशि रु. ५० हजार रहेको छ।
संस्थापक डा पुरण राईको जन्मदिनमा घोषणा गरिने यो सम्मान कार्यक्रम अनलाइन अभिलेख, नेपालको आयोजना तथा स्वीकारोक्ति फाउन्डेसन, अमेरिकाको सह–संयोजनमा सम्पन्न हुनेछ।
सम्मान समर्पण समारोहको संयोजकमा दीपा राई पुन तथा सदस्यहरूमा योगेन्द्र कुमार राई, डेन्जोम साम्पाङ, सम्पदा लिम्बू, तारा राई र दिनेश राई रहेका छन्।
संयोजक समिति सार्वजनिक कार्यक्रममा श्री ओम श्रेष्ठ प्रमुख अतिथि तथा अप्सरा मैनाली अध्यक्ष रहेकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
‘मौलशोभा राई आमा सम्मान’ २०८१ साल जेठ ३२ गते औपचारिक रूपमा स्थापना भएको हो। डा. पुरण राईले आफ्नी आमा मौलशोभा राईको नाममा यो सम्मान स्थापना गरेका हुन्। आमाको त्याग, समर्पण र योगदानलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वकी आमालाई सम्मान समर्पण गरिँदै आएको आयोजकले जनाएको छ।
.gif)

.png)

