झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै


२०८३ बैशाख ५ शनिबार १५:२३ बजे

काठमाडौँ : कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकार रहेका छन् । 

कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार उनीहरूको मृत्यु झाडा पखालापछि भएको डिहाइड्रेसनका कारण भएको प्रारम्भिक आशंका गरिएको छ। अस्पताल ल्याउँदा नै दुवै बालक अचेत अवस्थामा रहेका थिए।

उनीहरूका ३ वर्षीय भाइ दिपेश र २८ वर्षीया आमा राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । तीनै जना गम्भीर अवस्थाका बिरामी रहेको जानकारी आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आमासहित तीन बालबालिकालाई उद्धार गरी अस्पताल पुर्‍याइएको हो। अस्पताल पुर्‍याउँदा दुई दाजुभाइ अचेत अवस्थामा रहेका थिए । 

प्रारम्भिक सोधपुछमा आमाले बिहीबार छोराहरूले धेरै किमुका फल खाएपछि बिरामी परेको बताएकी छन्। यद्यपि मृत्युको यकिन कारण पोस्टमार्टमपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

मृतक बालकहरूको शव सेती प्रादेशिक अस्पतालमै राखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७