मौलशोभा राई आमा सम्मान पुरस्कार-२०८३ को छनोट समिति घोषणा
काठमाडौं । मौलशोभा राईको सम्मानमा प्रदान गरिँदै आएको ‘मौलशोभा राई आमा सम्मान पुरस्कार–२०८३’ को छनोट समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ। मौलशोभा राईको योगदान र समर्पणको कदर गर्दै विगत दुई वर्षदेखि रु.५० हजार राशिको सम्मान पुरस्कार प्रदान गरिँदै आएको आयोजकले जनाएको छ।
कार्यक्रम अनलाइन अभिलेख, काठमाडौं, नेपालको आयोजनामा तथा स्वीकारोक्ति फाउन्डेसन, अमेरिकाको सह–संयोजनमा सम्पन्न भएको हो। कार्यक्रमको संयोजन अभिलेख अनलाइनले गरेको थियो भने पुरस्कारका दाता मौलशोभा राईका छोरा डा.पुरण राई रहेका छन्।
पुरस्कार छनोट समितिको संयोजकमा दीपा राई पुन तथा सदस्यहरूमा योगेन्द्र कुमार राई, सम्पदा लिम्बू, तारा राई र डेन्जोम साम्पाङ रहेका छन्।
कार्यक्रममा श्री ओम श्रेष्ठ प्रमुख अतिथि तथा अप्सरा मैनाली अध्यक्ष रहेकी थिइन्। कार्यक्रममा मौलशोभा राईको सामाजिक योगदान, समर्पण र प्रेरणादायी भूमिकाको चर्चा गर्दै उहाँप्रति सम्मान व्यक्त गरिएको थियो। आयोजकले समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने तथा नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको जनाएको छ।
समारोहमा सहभागीहरूले यस्ता सम्मानले समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन मिल्नुका साथै नयाँ पुस्तालाई सामाजिक सेवामा प्रेरित गर्ने धारणा व्यक्त गरेका थिए।
.gif)

.png)

