मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहले भने : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् ।
मातातीर्थ औँसीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ भनेका छन्।
उनले ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’ भन्ने सन्देश पनि साझा गरेका छन् ।
नेपाल आमाको उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन्।
.gif)

.png)

