न्याय सेवाका तीन अधिकृत सचिवमा बढुवा


२०८३ भदौ ३१ बुधबार १८:०२ बजे

काठमाडौं : सरकारले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका तीन अधिकृतलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई नेपाल न्याय सेवा, न्याय समूहअन्तर्गत प्रथम श्रेणीबाट विशिष्ट श्रेणीमा बढुवा गरिएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७