१५ वर्ष कैद तोकिएका कारागारबाट भागेका कैदी पक्राउ
काठमाडौं : गत वर्ष जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी पक्राउ परेका छन्। ठगी, लिखत किर्ते, नागरिकता तथा संगठित अपराधसम्बन्धी कसुरमा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट गत २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा भागी फरार भएका ४६ वर्षीय पुण्डे प्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काफ्लेलाई बुधबार साँझ ७ बजे काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखाल स्थायी ठेगाना भएका काफ्ले ठगी, लिखत किर्ते, नागरिकता तथा संगठित अपराधसम्बन्धी कसुरमा १५ वर्ष कैद र १ लाख २० हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गरिरहेका थिए।
उनको १० वर्ष ६ महिना कैद सजाय बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका काफ्लेलाई थप कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको छ।
.gif)

.png)

