ऊर्जा मन्त्रालयकी सचिव दवाडीको सरुवा
काठमाडौं : सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको बताइएको छ।
दवाडी लामो समयदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत थिइन्। पछिल्लो समय मन्त्रालयअन्तर्गत भएका केही कर्मचारी सरुवाका विषयमा असन्तुष्टि तथा विवादसम्बन्धी विषय सार्वजनिक भएका थिए।
.gif)

.png)

