बाढीपीडित नेपालीप्रति पाकिस्तानको ऐक्यबद्धता : कठिन घडीमा नेपालसँगै छौँ


२०८३ भदौ २७ शनिबार १५:५८ बजे

काठमाडौं :  नेपालका लागि पाकिस्तानी राजदूतले बाढीपहिरोमा ज्यान गुमाएका नागरिकका परिवार, घाइते तथा अझै बेपत्ता रहेकाप्रति सहानुभूति व्यक्त गर्दै पाकिस्तान नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।

दक्षिण एसिया वन्यजन्तु तथा वातावरणीय सहयोग सञ्जालको पहिलो महासभामा सहभागी हुँदै राजदूतले नेपालमा गएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरेका हुन्।

कार्यक्रममा उनले बाढीका कारण ज्यान गुमाएका नागरिकका परिवार, घाइते तथा अझै बेपत्ता रहेकाहरूको पीडाप्रति पाकिस्तानको ऐक्यबद्धता रहेको बताए।

‘यस कठिन घडीमा पाकिस्तान नेपालका जनताको साथमा छ’, उनले भनेका छन्। महासभा मन्त्री गीता चौधरीको आतिथ्यमा आयोजना भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७