एमालेका १३ नयाँ केन्द्रीय सदस्यले लिए शपथ


२०८३ असोज २६ सोमबार १६:२५ बजे

काठमाडौं : नेकपा (एमाले)का मनोनीत १३ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन्। दुई दिनअघि बसेको एमाले स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन्।

स्थायी कमिटीको निर्णयअनुसार मनोनीत उनीहरूले शपथ लिएसँगै पार्टीको केन्द्रीय नेतृत्वमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७