घटस्थापनामा १२ शाखाबाट २७ बढी ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण
काठमाडौं : नेपालमा जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखामार्फत २७ भन्दा बढी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ।
कम्पनीले ‘जेसीबी शुभारम्भ’ नाम दिएर आयोजना गरेको कार्यक्रममा नयाँ मेसिनको विधिपूर्वक पूजा गरी ग्राहकलाई हस्तान्तरण गरिएको हो।
घटस्थापनाको परम्पराअनुसार आयोजित समारोहमा मेसिनमा टीका र माला लगाएर ग्राहकका परिवारजन तथा कम्पनीका प्रतिनिधिको उपस्थितिमा चाबी प्रदान गरिएको थियो।
हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, उत्खननकर्ता र कृषिमा प्रयोग हुने एग्रिम्याक्सलगायतका नमुना छन्। समारोहको अन्त्यमा केक काट्नुका साथै मिठाई वितरण गरिएको थियो।
त्यसपछि ग्राहकले नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए।
कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्सका प्रमुख सञ्चालन अधिकृत दुर्गाप्रसाद निरौलाले घटस्थापनामा नयाँ कामको सुरुवात गर्ने परम्पराअनुसार ग्राहकले नयाँ मेसिनसँगै व्यवसायको नयाँ यात्रा थालेको बताए।
‘घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ। आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ’, उनले भने ‘ ‘हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ,’
कम्पनीका अनुसार हस्तान्तरण गरिएका मेसिन विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण र कृषि क्षेत्रमा प्रयोग हुनेछन्। ती मेसिनले निर्माण तथा उत्पादनमूलक गतिविधिलाई गति दिँदै देशको आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा जेसीबी मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार देशभर फैलिएको १२ शाखाको सञ्जालमार्फत उसले १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
.gif)

.png)


