चोरी भएका हराएका ५० मोटरसाइकल ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी तथा हराई फेला परेका ५० वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ। मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै चोरी तथा हराएका ९६ वटा सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई बुझाइएको छ। सवारीसाधन चोरी हुनबाट जोगाउन धनी स्वयं सचेत हुनुपर्ने र सवारीसाधनमा थप भौतिक लकसँगै आधुनिक डिजिटल प्रविधि जडान गरी सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने प्रवक्ता सुवेदीले बताए। लामो समयका लागि एकान्त वा सुनसान स्थानमा सवारीसाधन छाड्नुपर्ने अवस्था आए नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।
.gif)

.png)

