दसैँ भत्ता उपलब्ध गराउन उद्योग, व्यवसायी र निजी विद्यालयलाई सरकारको निर्देशन


२०८३ असोज २६ सोमबार १६:०८ बजे

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योगी, व्यवसायी तथा निजी विद्यालयका छाता संगठनहरूलाई पत्राचार गर्दै सबै श्रमिकलाई कानुनबमोजिम दसैँतिहार लगायतका चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।

विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई पत्राचार गरेको हो।

श्रम ऐनको दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम हरेक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था छ।

विभागले २०८३ असोज २३ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गरेको थियो। पत्रमार्फत ती संस्थामा आबद्ध रोजगारदाता तथा प्रतिष्ठानहरूलाई जानकारी गराई श्रमिकलाई चाडपर्व खर्च भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।

त्यस्तै, २०८३ असोज २६ गते विभागले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई पनि छुट्टाछुट्टै पत्र पठाएको छ।

विभागले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न दुवै संस्थालाई निर्देशन दिएको हो।

यस व्यवस्थाले उद्योग, व्यवसाय तथा निजी विद्यालयमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीले कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हेर्नूहोस् विभागको निर्देशन:

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७