कांग्रेस सहमहामन्त्री खुलामा खतिवडा र सिवाकोटीको अग्रता, २३९० मत गन्दा कति पाए ?


२०८३ असोज २६ सोमबार १४:३४ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायम राखेका छन्।

२ हजार ३९० मत गणना हुँदा खतिवडाले १ हजार ७५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका शिवाकोटीले ७७२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ५८३ मत प्राप्त गर्दा देवेन्द्रराज कँडेल ४९९ मतसहित चौथो स्थानमा छन्।

त्यस्तै, विकास कोइरालाले ३९४, राजीव ढुंगानाले ३५३ र रमेशप्रसाद धमलाले २८२ मत प्राप्त गरेका छन्। अमृतकुमार अर्यालले २५७ मत पाउँदा विमलराज क्षेत्रीले ९३ मत प्राप्त गरेका छन्।

सहमहामन्त्री खुलातर्फ नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस पदमा दुई जना निर्वाचित हुनेछन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७