कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटीको अग्रता कायमै


२०८३ असोज २६ सोमबार १९:४० बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ ३ हजार ५८६ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्।

पछिल्लो प्राप्त मतपरिणामअनुसार खतिवडाले १ हजार ५८६ मत पाएका छन् भने अजयबाबु शिवाकोटी १ हजार १२८ मतसहित दोस्रो स्थानमा छन्।

मतपरिणामअनुसार डिल्लीराम सुवेदीले ९०९, देवेन्द्रराज कँडेलले ७५३, विकास कोइरालाले ५९५, राजीव ढुंगानाले ५७८, अमृतकुमार अर्यालले ४२१, रमेशप्रसाद धमलाले ४११ र विमलराज क्षत्रीले १४१ मत पाएका छन्।

खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुनेछन्। मतगणना जारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७