बुढीगण्डकी बाढी : सेनाद्वारा एकै दिन ३२१ जनाको उद्धार
६ हजार किलो राहत सामग्री ढुवानी
काठमाडौं : बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३२१ जनालाई सोमबार सुरक्षित स्थानमा पुर्याइएको छ।
नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार गरी उनीहरूलाई सुरक्षित स्थानमा सारेको हो। सोमबार एमआई–१७ सहित चार वटा हेलिकोप्टर परिचालन गरी फिलिम, चुम्लिङ, आरूघाट, दोभान र हुलचुकबाट ३०८ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
स्थलमार्गबाट थप १३ जनाको उद्धार गरिएको हो।
यसैगरी, काठमाडौंबाट फिलिममा करिब ६ हजार १७० किलो खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ।
आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट फौज परिचालन गरी उद्धार कार्य जारी राखेको छ।
.gif)

.png)



