गृहमन्त्री गुरुङ भारत प्रस्थान
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार दिउँसो भारत प्रस्थान गरेका छन्।
उनी सोमबार नेपाल वायुसेवा निगमको विमानमार्फत भारत गएका हुन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा उनी सहभागी हुनेछन्।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुँदै छन्।
.gif)

.png)



