पूर्वसांसद तथा नेता डा. विजय पौडेलको निधन
काठमाडौं : पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ।
पौडेलको केहीबेरअघि कीर्तिपुर अस्पतालमा निधन भएको हो। अस्पताल पुर्याउँदा नै उनको निधन भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन्।
‘आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो,’ नकर्मीले भने।
पौडेल लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए। एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए।
एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादीबीच एकता प्रक्रिया अघि बढेपछि त्यसमा असहमति जनाउँदै उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए।
उनले जनता टेलिभिजनसमेत सञ्चालन गर्दै आएका थिए।
.gif)

.png)



