आफूमाथि कुटपिट गर्नेविरुद्ध पूर्वसांसद गंगाले दिइन् प्रहरीमा उजुरी, माओवादीले कुटेको आरोप


२०८२ मङ्सिर १३ शनिबार ११:५७ बजे

दाङ  ः पूर्वसांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटोसम्बन्धी विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरूले कुटपिट गरेका हुन् ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा गंगाले एक महिलामाथि जाइलागेपछि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्थानीयको दाबी छ ।

आफूमाथि माओवादी कार्यकर्ताले हातपात गरेको भन्दै उनीहरूलाई कानुनी कारबाही गर्ने चौधरीले चेतावनी दिएकी छन् ।

उनले भनिन्– ‘माओवादी कार्यकर्ताले कुटेका हुन् । मैले चिनेको छु सबैलाई । बाटोमा समस्या समाधान गर्न गएकी थिएँ । घुँडामा चोट लागेको छ । मङ्गलसुत्र लुटेर लगेका छन् । सिसहनियामा अस्थायी प्रहरीचौकीमा उजुरी दिएकी छु ।’

प्रहरीचौकी सिसहनियामा वरिष्ठ असई रकमबहादुर खड्काले जग्गाको सिमाना विवादमा गंगा र छिमेकीबिच विवाद भएको र हात हालाहाल भएको घटनामा दुवै पक्षबाट ठाडो निवेदन आएको जनाए ।

विगतमा थरुहट पार्टी हुँदै एमाले बनेकी उनी अहिले राजावादी आन्दोलनमा सक्रिय छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७