नेपाल–बेलायत सम्बन्ध थप सुदृढ बनाउँछु : प्रस्तावित राजदूत जबरा
काठमाडौं : संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत गौरवशमशेर जबराले नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै जबराले दुई देशबीचको सम्बन्धबाट दुवै देशका जनताले थप अवसर र लाभ प्राप्त गर्ने वातावरण बनाउन योगदान गर्ने बताए।
उनले राजदूतको जिम्मेवारी विनम्रता, धैर्य र निरन्तर सिक्ने इच्छाका साथ निर्वाह गर्ने धारणा राखे। नियुक्त भएमा परराष्ट्र मन्त्रालय, नेपाल सरकार र लन्डनस्थित नेपाली दूतावासको टोलीसँग समन्वय गरेर काम गर्ने उनको भनाइ थियो।
जबराले अन्तर्राष्ट्रिय समुदायमा नेपालको गरिमामय प्रतिनिधित्व गर्नुका साथै राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिने बताए।
४२ वर्ष सैनिक सेवामा बिताइसकेपछि पनि देशका लागि योगदान गर्न बाँकी रहेको महसुस भएको उल्लेख गर्दै उनले आफ्नो लामो अनुभव कूटनीतिक सेवामा उपयोग गर्न चाहेको बताए।
.gif)

.png)



