एनसेलका ग्राहकलाई सामसङका उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट


२०८३ असोज २७ मंगलबार १८:२२ बजे

काठमाडौं :  एनसेल र सामसङ नेपालबीचको सहकार्यमा ग्राहकले घरायसी विद्युतीय उपकरण खरिद गर्दा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै ल्याइएको योजनाअन्तर्गत सामसङका टेलिभिजन, फ्रिज र वासिङ मेसिनलगायत उपकरण खरिदमा ग्राहकले थप छुट पाउनेछन् ।

सामसङले उपलब्ध गराउँदै आएको चाडपर्वको छुटमा एनसेलका योग्य ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । ग्राहकले लिएको प्याक वा रेन्टल प्याकका आधारमा ५, ८ वा १२ प्रतिशत अतिरिक्त छुट उपलब्ध हुनेछ । यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्नेछन् ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा सहकार्यलाई औपचारिक रूप दिइएको हो । यो योजना असोज २२ देखि कात्तिक ३० सम्म लागू हुनेछ । दसैँ, तिहार र छठलाई लक्षित योजनाको लाभ लिन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ ।

योग्य ग्राहकले नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रबाट छुटसहित उपकरण खरिद गर्न सक्नेछन् । एनसेलका प्रोडक्ट डाइरेक्टर शारदाले ग्राहकलाई दूरसञ्चार सेवासँगै थप लाभ प्रदान गर्ने उद्देश्यले सामसङसँग सहकार्य गरिएको बताए । यसबाट ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी उपकरण खरिद गर्दा अतिरिक्त छुट पाउने र चाडपर्वको खुसी थप बढ्ने कम्पनीको विश्वास छ ।

एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल माध्यमलाई सामसङका विद्युतीय उपकरण तथा आधिकारिक बिक्री सञ्जालसँग जोडेर ग्राहकको खरिद अनुभव सहज र लाभदायी बनाउने दुवै कम्पनीको उद्देश्य छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७